चक्र कुँवर नेतृत्वमा प्रेस युनियन डोटीको नयाँ कार्यसमिति चयन

231

साउन ८, डोटी ।
चक्र कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल प्रेस युनियन डोटीको ५ औँ जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ ।
सर्वसम्मत चयन भएको १७ सदस्यीय समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत, सचिवमा विक्रम खडका, सह-सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा एकेन्द्र चन्द, महेश ओझा, धन बहादुर बोहरा, निर्मला बम, रुबिना शाही, लक्ष्मी बिक, राज पार्की, गणेश साउद, इन्द्र शाही, हर्क बिक र दिनेश प्रसाद जोशी रहेका छन् ।
अधिवेशन शनिबार र आइतबार दुई दिनसम्म चलेको प्रेस युनियन डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.