भदौ ८ गते गौराको सार्वजनिक बिदा हुने

2,394

साउन ३०, डोटी ।
सुदूरपश्चिमको मौलिक सँस्कृती बोकेको गौरा पर्वको अवसरमा आगामी भदौ ८ गते थप एक दिन सार्वजनिक बिदा दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले  प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी भदौ ८ गते गौरा पर्वको सार्वजनिक बिदा तोकेको हो।
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो ।
विभिन्न ज्योतिषहरुका अनुसार गौरा पर्व भदौ ७ गते मनाउने वा २१ गते मनाउने भन्ने बारे विवाद देखिएको छ ।
यद्यपि सरकारी तवरले ७ गतेलाई मान्यता दिएको छ ।

Leave A Reply

Your email address will not be published.