गजल शीर्षक – अवैधानिक प्रेम

1,524

– शिसिर साहित्यकार 
बन्दै थियो प्रेमको घर कस्ले आगो लगाइ दियो ?
कोमलो मन मुटु उस्को कस्ले आई चर्काइ दियो ?

जलाई खरानी बनाइ दियो यहाँ उस्को सपनाको
फुल्नै नदिई प्रेमको फूल कोपिलामै चुडाइ दियो ।

समाज बैरी दुश्मन भयो उस्को सुन्दर दुनियाँको,
निर्दोष मन मुटुको यहाँ कस्ले हत्या गराइ दियो ?

खै के मिलेन यो समाजको उस्को प्रेम सङ्ग ?
विचराको प्रेमलाई अवैधानिक ठहराइ दियो ।

निर्दोषलाई दोषी करार गरि उम्किय हत्याराहरु
आफ्नै प्रेम मारेको भनी उस्लाई फसाइ दियो ।

Leave A Reply

Your email address will not be published.