डोटी जीप दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीद्वारा शोक व्यक्त
कार्तिक १९, डोटी ।
केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिकाको अण्यौलमा भएको जीप दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चा डोटीले शोक व्यक्त गरेको छ ।
उक्त पार्टीका अध्यक्ष डबल बोगटीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ “दु:खद घडीमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा डोटीको तर्फबाट गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
शोक वक्तव्यमार्फत घाईतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै, पीडित पक्षको राहत तथा उद्धारमा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
धनगढीबाट बाजुरा जाँदै गरेको चालक सहित १० जना सवार ग २ च २७७६ नम्बरको बोलेरो जीप हिजो राती करिब साढे दुई बजे दुर्घटनामा परि ४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
मृतक र घाइते सबै बाजुराको गौमुल गाउँपालिका बासिन्दा रहेका छन् ।