डोटीमा नेपाली सेनाका २१ सहित ३१ जनामा कोरोना पुष्टी

३१ मध्ये ७ जना अछामका

1,087

झलक पाली
भाद्र १६, डोटी ।

डोटीमा २१ जना नेपाली सेनाका सहित ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल डोटीमा रहेको पिसिआर प्रयोगशालामा मंगलबार ७७ जनामा गरीएको कोरोना परीक्षणमा ३१ जनाको नतिजा पोजेटिभ आएको र ४६ जनाको नतिजा नेगेटिभ आएको अस्पताल श्रोतले जनाएको छ ।

संक्रमित हुनेहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को सुल्लेखमा रहेको सुदूरपश्चिम पृथना मातहतको गुरुदल गुल्मका २१ जना, शिखर नगरपालिका १ का २ जना पुरुष र के.आई.सिंह गाउँपालिकाका १ का १ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । तर जिल्ला अस्पतालको रिपोर्टमा शिखर नगरपालिका १ का २ जना पुरुष भनिएकोमा ति २ जना पुरुष दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै अछामको बान्नीगढी जयगढ १ का १ जना पुरुष, वडा नं. ३ का २ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष सहित कूल ७ जनामा संक्रमण देखिएको अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।
संक्रमण देखिएका २१ जना सैनिक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए । तर गुरुदल गुल्म छेउमै रहेको श्री नं. ५ बाहिनी अड्डा राजपुरले आधिकारिक आफुहरुलाई जानकारी आईनसकेको भन्दै खुलाउन मानेको छैन ।

Leave A Reply

Your email address will not be published.