दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी गरी एक सय ९० जनाको कोरोना बिमा

474

झलक पाली
भाद्र १६, डोटी ।

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनीले डोटीमा कोरोना बिमा कार्यक्रम अगाडी बढाएको छ ।
जस अन्तरगत मंगलबार दिपायल सिलगढी नगरपालिकाका ४४ जना जनप्रतिनिधी र कर्मचारी १ सय ४६ जना गरी १ सय ९० जनाको कोरोना बिमा गरिएको राष्ट्रिय बिमा कम्पनी सिलगढी डोटीका शाखा प्रमूख आदित्य चन्दले जानकारी दिए ।
जनप्रतिनिधीहरुको ५० प्रतिशत छुटमा र सरकारी कर्मचारी (स्थायी, अस्थायी, करार) हरुको १ लाख बराबरको कोरोना बिमा निशुल्क गरिएको चन्दले बताए ।
अन्य स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीहरुको पनि विवरण आईरहेको र केहि दिनभित्रै बिमा गरिने जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.