शैलेश्वरी अस्पतालले उपचार सेवा शुल्क १० प्रतिशतले घटायो

356

फाल्गुन ८, डोटी ।
डोटीको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल प्रा.लि.ले उपचार सम्बन्धि सम्पूर्ण सेवामा १० प्रतिशत शुल्क घटाएको छ ।
पछिल्लो पटक देशमा छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै आम नागरिकको स्वास्थ्य उपचार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले शुल्क घटाएको हो ।
अस्पतालका सञ्चालक एवं प्रबन्ध निर्देशक आई.जंग कुँवरले सार्वजनिक सूचना जारी गर्दै फाल्गुन ६ गतेदेखि उक्त सेवा शुल्क घटाइएको जानकारी दिए ।
शैलेश्वरी अस्पतालले वि.सं. २०६९ सालमा स्थापना भएर ११ वर्षदेखि स्वास्थ्य उपचार सेवा दिदै आएको छ ।

Leave A Reply

Your email address will not be published.