डोटीको के.आई.सिंहमा ७ दिने आरन व्यवसाय तालिम शुरु

587

फाल्गुन ८, डोटी ।
डाेटीकाे के.आई. सिंह गाउँपालिकाको वायलमा आरन व्यवसाय सम्बन्धि ७ दिने तालिम मंगलबारदेखि शुरु भएको छ ।
लोप हुँदै गएको आरन व्यवसाय र परम्परागत सिपलाई प्रविधिको प्रयोग गर्दै सरल, सहज तरिकाले आकर्षक औजार निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक विकास कार्यालय डाेटीले तालिमको आयोजना गरेको उक्त कार्यालयका प्रमुख जयदेव महराले बताए ।
डोटीका ९ वटै पालिकाबाट २५ जना प्रशिक्षार्थी सहभागी रहेकोे सिपमूलक तालिम के.आई.सिंह गाउँपालिकामा संचालन गरेकोमा आयोजक सस्थालाई धन्यवाद दिदै के.आई.सिंह गाउँपालिका ४ का वडा अध्यक्ष जय बहादुर धामीले खुशी व्यक्त गरे ।
तालिममा विश्वकर्मा आरन उधाेगका प्राेपाइटर राम बिक प्रशिक्षक रहेका छन् ।
तालिमको उद्घाटनमा सामाजिक विकास कार्यालयका इन्जिनियर निरज उपाध्याय, सुब्बा वीर बहादुर बिष्ट के.आई. सिंह गाउँपालिका फिल्ड सहायक ताेयनाथ भट्ट लगाएतको उपस्थिति रहेको थियो ।
तालिम उद्घाटन कार्यक्रमको संचालन डाेटी चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले गरेका थिए भने सामाजिक विकास कार्यालयका इन्जिनियर निरज उपाध्यायले सहभागीहरुलाई मन्तव्यमार्फत स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.