कैलालीमा कार्य सम्पादन मूल्याङ्कनमा गोदावरी नगरपालिका प्रथम

646

फाल्गुन ९, कैलाली ।

कैलालीको गोदावरी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४२.७८ अङ्क प्राप्त गर्दै प्रथम भएको छ । जिल्लामा कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै गोदावरी नगरपालिका प्रथम भएको हो भने, ४२.४३ अङ्क प्राप्त गर्दै घोडाघोडी नगरपालिका दोस्रो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा कम अङ्क गौरीगंगा नगरपालिकाले प्राप्त गरेको छ । गौरीगङ्गाले १७.७५ अङ्क मात्रै पाएको हो । कार्यसम्पादन मूल्याङ्कनमा कैलारी गाउँपालिकाले ४१.३८ अङ्क, जानकी गाउँपालिकाले ३६ं.४८ अङ्क, धनगढी उपमहानगरपालिकाले ३४.७३ अङ्क र टिकापुर नगरपालिकाले ३३.५२ अङ्क पाएको छ ।

यसै गरी, जोशीपुर गाउँपालिकाले २८.१३ अङ्क,चुरे गाउँपालिकाले २७.८८ अङ्क, बर्दगोरीया गाउँपालिकाले २५.६३ अङ्क, मोहन्याल गाउँपालिकाले २४.५५ अङ्क भजनी नगरपालिकाले २३.२८ अङ्क र लम्किचुहा नगरपालिकाले १९.५१ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

यी हुन् कार्यसम्पादन मूल्याङ्कनमा प्रयोग गरिएका सूचक

१. पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०\८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरेर नगरेको

२.गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०\८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्तभित्र पारित गरेर नगरेको

३.स्थानीय तहले आर्थिक वर्ष २०७९\८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेर नगरेको।

४.स्थानीय तहले आ.व.२०८१\८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेर नगरेको ।

५.स्थानीय तहले आर्थिक वर्ष २०७९\८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी त्यस सम्बन्धी विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरेर नगरेको

६. आर्थिक वर्ष २०७९\८० को राजश्व सङ्कलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व सङ्कलन रकम, सूचक ६.३ आर्थिक वर्ष २०७८ र ७९ को यथार्थ राजश्व सङ्कलन रकम ।
७.आर्थिक वर्ष २०७९\८० मा कुल विनियोजित रकम। कुल खर्च रकम । कुल पुँजीगत विनियोजित रकम र कुल पुँजीगत खर्च रकम ।
८.आर्थिक वर्ष २०७८\७९ को कुल लेखा परीक्षण भएको रकम । आर्थिक वर्ष २०७८\७९ मा कायम भएको बेरुजु रकम।
९.स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरेर नगरेको
१०. स्थानीय तहले आवधिक योजना तर्जुमा गरेर नगरेको ।
११.शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका जम्मा भर्ना भएको विद्यार्थी सङ्ख्या । शैक्षिक सत्र २०८० मा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या ।
१२.शैक्षिक सत्र २०७९ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या । शैक्षिक सत्र २०८० मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या ।
१३. शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी सङ्ख्या। शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा कम्तीमा ‘डी’ वा सो भन्दा उच्च ग्रेडसहित उत्तीर्ण विद्यार्थी सङ्ख्या ।
१४.आर्थिक वर्ष २०७९\८० मा अनुमानित गर्भवती महिलाको संख्या । ४ पटक गर्भ जाँच गर्ने महिलाको सङ्ख्या ।
१५. आर्थिक वर्ष २०७९\८० मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ।
१६. आर्थिक वर्ष २०७९\८० मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या । पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्या ।
१७.आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे\नगरेको । – सुदूर खबरबाट

Leave A Reply

Your email address will not be published.