देशभर थप १ हजार १ सय २० जनामा कोरोना संक्रण

थप १२ जना कोरोना संक्रमितको मृत्यु

268

भाद्र १७, काण्ठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ । उनीहरुमध्ये २३ हजार २ सय ९० जना मानिसहरु कोरोनामुक्त भएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएको भन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ५१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.