महिला शक्ति विकास केन्द्रद्वारा डोटीको दिपायल सिलगढीमा खाद्यान्न राहत तथा मास्क वितरण

599

झलक पाली  
भाद्र १७, डोटी ।

महिला शक्ति विकास केन्द्र काठमाण्डौले आफ्नो कार्य क्षेत्र डोटीको दिपायल सिलगढी नगरपालिकामा बुधबार खाद्यान्न राहत तथा मास्क वितरण गरेको छ ।
कोरोना महामारीका कारण प्रभावित वडा नं. ७ का १६ वटा महिला समूहका ६४ जनालाई खाद्यान्न राहत तथा मास्क वितरण गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता कर्ण बिष्टले जानकारी दिए ।
त्यस्तै वडा नं. १ मा ९ वटा महिला समूहका २५ जनालाई पनि राहत वितरण गरिएको सँस्थाले जनाएको छ ।
सबैलाई १ हजार ५ सय रुपैंया बराबरको चामल, दाल, नुन, साबुन र मास्क वितरण गरिएको महिला शक्ति विकास केन्द्रका क्षेत्रीय संयोजक तारा खाँतीले बताईन् ।
महिला समूहमा आवद्ध महिलाहरुको माग बमोजिम वडा नं. १ मा महिला शक्ति विकास केन्द्रका कोर लिडर लक्ष्मी भट्ट तथा वडा नं. ७ मा कोर लिडर डम्मरी धामी र कलावती बोहराले वडाका जनप्रतिनिधीको रोहबरमा उक्त सहयोग वितरण गरेका हुन् ।
उक्त सँस्थाले २०७५ देखि २०७९ सम्म ५ वर्षका लागि सो वडामा नेतृत्व विकास परियोजना पनि सञ्चालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.