क्यानद्वारा मुख्य प्रशिक्षकका लागि आवेदन माग
भाद्र १८, काठमाण्डौ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।
क्यानले एक सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात वटा प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको हो ।
क्यानमा उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।