विश्वभर २ करोड ६४ लाख ६७ हजार ४ सय ९० मानिस कोरोना संक्रमित, ८ लाख ७३ हजार २ सय १३ को मृत्यु

निको हुने संख्या १ करोड ८६ लाख ६१ हजार ५ सय ४ जना

243

झलक पाली
भाद्र १९, डोटी ।
चिनको वुहान शहरबाट ३० डिसेम्बर २०१९ मा देखा परेको नोवेल कोरोना भाईरसबाट यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ६४ लाख ६७ हजार ४ सय ९० मानिस कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमणका कारण ८ लाख ७३ हजार २ सय १३ मानिसको मृत्यु भएको वर्ल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
विश्वका २ सय १३ वटा देशहरुमा फैलिएको कोरोना भाईरस संक्रमणलाई १ करोड ८६ लाख ६१ हजार ५ सय ४ जना मानिसले जितेर निको भएका छन् ।
अहिले ६९ लाख ३२ हजार ७ सय ७३ जना मानिसहरु कोरोना भाईरसका सक्रिय बिरामी रहेका छन् ।
विश्वमा सबैभन्दा बढी अमेरीकामा ६३ लाख ३५ हजार २ सय ४४ जनामा कोरोना संक्रमण देखिएकोमा १ लाख ९१ हजार ५८ जना मानिसले मृत्युवरण गरेका छन् । त्यस्तै कोरोना महामारीको चपेटामा दोश्रो स्थानमा रहेको ब्राजिलमा ४० लाख ४६ हजार १ सय ५० जनामा संक्रमण फैलिएकोमा १ लाख २४ हजार ७ सय २९ जनाले मृत्युवरण गर्न विवश भएका छन् ।
त्यस्तै भारत विश्वकै तेश्रो प्रभावित देश रहेको छ । जहाँ हालसम्म ३९ लाख ३३ हजार १ सय २४ जनामा संक्रमण देखा परेको छ । जसमध्ये ६८ हजार ५ सय ६९ जना मानिसको कोरोनाबाट मृत्यु भएको छ ।
नेपाल पनि कोरोना महामारीबाट यतिबेला नराम्ररी प्रभावित भएको छ । संक्रमित र मृत्यु हुने क्रम निरन्तर बढी रहेको छ ।
यो समाचार तयार पार्दैगर्दा वर्ल्डोमिटरको तथ्याङ्क अनुसार विश्वका कोरोना संक्रमण फैलिएका २ सय १३ देशमध्ये ६० औं स्थानमा छ । नेपालमा कूल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ छ भने मृत्यु हुनेको संख्या २ सय ५७ जना पुगेको छ । त्यस्तै २४ हजार २ सय ७ जनाले कोरोनालाई जितेका छन् । अहिले १८ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि गत चैत्र ११ गतेदेखि देशभर लागु गरिएको लकडाउन गत साउन ७ गतेबाट अन्त्य गरिए पनि अहिले देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कफ्र्यु समेत जारी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.