डोटीको शिखरमा एक युवतीद्वारा झुण्डिएर आत्महत्या
गणेश मल्ल
भाद्र १९, डोटी ।
डोटीमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।
जिल्लाको शिखर नगरपालिका वडा नं. ११ को सिमार गाउँकी अन्दाजी १७ वर्षकी युवती माया बलायरले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उनले कतिखेर झुण्डिएर आत्महत्या गरिन् भन्ने नखुलेको र शुक्रबार बिहानै ६/७ बजेतिर स्थानीयले गाउँ नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको जनाईएको छ ।
घटनाको अनुसन्धानका लागि बानेडुङ्ग्रीसैन प्रहरी चौकीका इञ्चार्ज सई नरेन्द्र टमाटा नेतृत्वको टोली घटना स्थल पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कर्ण बोहरा नेतृत्वको टोली पनि खटिएको प्रहरी श्रोतले जनाएको छ ।
घटनाको विस्तृत अनुसन्धान भईरहेको सई नरेन्द्र टमाटाले जानकारी दिए । शव पोष्टमार्टमका लागि के गर्ने भन्ने विषयमा जिल्लाबाट खटिएको टोली घटनास्थल पुगेपछि मात्रै निर्क्यौल हुने जनाईएको छ ।