रोल्पाका एक युवकको डोटीमा खोलामा डुबेर मृत्यु

747

जेठ १, डोटी ।
डोटीमा एक युवकको मंगलबार खोलामा डुबेर मृत्यु भएको छ । रोल्पा जिल्लाको मध्यपश्चिम नगरपालिका ३ खुलेम घर भएका ३६ वर्षीया दिपेन्द्र घर्तीमगरको शिखर नगरपालिका ७ को छेडाई खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
खोटो कम्पनीमा काम गर्ने कामदार घर्तीमगरको आज मध्यान्ह करिब १२ बजेतिर खोलामा डुबेर मृत्युु भएको शिखर नगरपालिका ७ का वडा अध्यक्ष टेकराज भट्टले जानकारी दिए ।
प्रहरीले घटना स्थल मुचुल्का तयार गरीसकेको र अहिले शव डोटी जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भैरहेको पनि उनलेे जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.