एमालेका सातै प्रदेश इञ्चार्ज फेरिए, सुदूरपश्चिममा लेखराज र लुम्बिनीमा पदमा अर्याल दोहोरिए

285

श्रावण १७, डोटी ।
नेकपा एमालेले सात वटै प्रदेशमा इञ्चार्जको जिम्मेवारी परिवर्तन गरेको छ । विहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशका इञ्चार्ज परिवर्तन गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशको इञ्चार्जमा शेरधन राई, मधेश प्रदेशको इञ्चार्जमा लीलानाथ श्रेष्ठलाई तोकेको छ । यसअघि ति प्रदेशमा क्रममा सचिव रघुबीर महासेठ र योगेश भट्टराई इञ्चार्ज थिए ।
यस्तै बागमति प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनी प्रदेशमा पदमा अर्याल, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इञ्चार्जको जिम्मेवारी दिएको छ । यसअघि पदमा गण्डकी र लेखराज कर्णाली इञ्चार्ज थिए ।
किरण, राजन र गोरखले भने प्रदेश इन्चार्जको नयाँ जिम्मेवारी पाएका हुन् ।

Leave A Reply

Your email address will not be published.