सुदूरपश्चिमको मुख्यमन्त्रीमा काङ्ग्रेसका शाह नियुक्त

258

श्रावण २०, डोटी ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः नेपाली काङ्ग्रेसका नेता कमलबहादुर शाह नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका छन् । शाहले मुख्यमन्त्रीमा नियुक्तिका लागि आजै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।
यसअघि, २०७९ माघ २६ गते पहिलो पटक मुख्यमन्त्री बनेका शाहले बहुमत जुटाउन नसकेपछि २०८९ चैतमा पदबाट राजीनामा दिनुपरेको थियो ।
विश्वासको मत नपाउने निश्चित भएपछि निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

Leave A Reply

Your email address will not be published.