लोकदेउडा गायक दीर्घराज फुलाराको ‘तेलेमा उज्यालो भैग्यो’ भारी खेल देउडा गीत सार्वजनिक
श्रावण २३, डोटी ।
लोकदेउडा गायक दीर्घराज फुलाराको ‘तेलेमा उज्यालो भैग्यो’ भारी खेल देउडा गीत सार्वजनिक भएको छ ।
गायक फुलाराको आफ्नै युट्युब च्यानल Dirgha Phulara युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
उक्त देउडा गीतमा गायक स्वयम फुलारा, झरना बोहरा र अन्य कलाकारहरुले अभिनय गरेको गीतमा भिडियोमा भिम थापाले निर्देशन गरेका छन ।
भिडियोको अधिकांश दृश्यहरु डडेल्धुरामा सुटिङ गरिएको छ। दिर्घ फुलाराको आफ्नै लय तथा शब्दमा रहेको गीतको म्यूजिक एरेन्ज भुवन प्रकाश बडुले गरेका हुन् ।
विग परिवेश डिजिटल रेकर्डिंग स्टुडियो अनामनगरमा रेकर्ड भएको हो भने खप्तड फिल्मले निर्माण गरेको म्यूजिक भिडियोको छायांकन अमृत उपाध्यायले गरेका हुन् । त्यसै गरी प्रविण रेश्मी मगरले मिक्सिङ्ग गरेका छन ।
लाइभ डेउडामा पनि अब्बल गायक फुलारा सुदूरपश्चिमका पुरानै पंक्तिका कलाकार हुन् ।