डोटीबाट ‘हुलाक निर्देशनालय’ पनि सारिंदै

586

श्रावण २९, डोटी ।
वि.सं. २०३९ सालमा डोटीमा स्थापना भएको हुलाक निर्देशनालय पनि डोटीबाट कैलाली सारिने भएको छ ।
संघीय संरचनामा सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली तोकिएसँगै डोटीका विभिन्न सरकारी संरचनाहरु एकपछि अर्को गरी सार्ने क्रममा हुलाक निर्देशनालय पनि सार्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
हुलाक सेवा विभागले हुलाक निर्देशनालयलाई मिति २०८१ साउन १ गते ‘पूर्व तयारी सम्बन्धमा’ विषयको पत्र पठाएको छ । जसमा जनशक्तिको व्यवस्थापन र परिचालनका विषयमा विस्तृतमा उल्लेख गरिएको छ । May be an image of ticket stub and text
May be an image of ticket stub and textयसका साथै विभागले मिति २०८१ असार ३१ गते ‘हुलाक कार्यालयको नाम, लेटरहेड, साइनबोर्ड, छाप, स्थान तथा खारेज हुने कार्यालयको सम्पत्ति व्यवस्थापन सम्बन्धमा समेत पत्राचार गरिसकेको प्रमाण नजर अनलाइनलाई प्राप्त भएको छ ।

May be an image of ticket stub and text
यस विषयमा हुलाक निर्देशनालय राजपुर डोटीका निमित्त हुलाक निर्देशक सुरत बहादुर परियारसँग बुझ्दा निर्देशनालय डोटीबाट कैलाली सार्ने तयारी करिब अन्तिम चरणमा पुगेको बताए । उनले भने–“नेपालमा संघीय शासन प्रणाली लागू भैसकेपछि हुलाक सेवालाई पनि सोहि अनुरुप संचालन गर्न हुलाक सेवा विभागले ७ वटै प्रदेशमा निर्देशनालय, ७७ जिल्लामा ‍ जिल्ला हुलाक कार्यालय र प्रत्येक स्थानीय तहमा एउटा हुलाक स्थापना गर्ने गरी कर्मचारि व्यवस्थापन सर्वेक्षण (O&M) गरेको थियो । उक्त सर्वेक्षण अनुसार नेपाल सरकार मन्त्रिपरिषदले २०८० माघ २५ गते हुलाक सेवा विभागको संगठन संचरना र दरबन्दी तेरिज स्वीकृत गरेको र हाल निजामती किताबखानामा पद दर्ताको क्रममा रहेको छ ।”

May be an image of ticket stub, floor plan, blueprint and text
यसै प्रक्रियाका आधारमा हाल डोटीमा रहेको हुलाक निर्देशनालय दिपायल, जिल्ला हुलाक कार्यालय, डोटी कायम हुने र कैलाली जिल्ला हुलाक कार्यालयमा हुलाक निर्देशनालय, कैलाली कायम हुने तयारी अन्तिम चरणमा रहेको निमित्त निर्देशक परियारले बताए ।
हुलाक निर्देशनालय सारिने भएसँगै राजपुर स्थित भवनमा जिल्ला हुलाक कार्यालय, डोटी कायम हुने र निर्देशनालय छँदाका जिल्लाभरी रहेका ११७ वटा दरबन्दी घटेर ५५ वटा मात्र बाँकी रहने अवस्था आएको उनले बताए ।

May be an image of floor plan, blueprint and text
कूल ३ रोपनी १२ आना ३ पैसा १ दाम आफ्नै जमीन रहेको हुलाक निर्देशनालयका २ वटा आफ्नै पक्की भवनमा जम्मा २१ कोठा रहेका छन् ।
अहिले निर्देशनालयमा गाडी सुविधा भने छैन । निर्देशनालयको अधिकार कटौती गर्दै निर्देशनालयको प्रयोगमा रहेको से १ झ २२५ नम्बरको बोलेरो जिप हुलाक सेवा विभागको आदेशानुसार २०८० असार २७ गते नै कैलाली जिल्ला हुलाक कार्यालयलाई हस्तान्तरण भैसकेको कार्यालय श्रोतले जानकारी दिएको छ ।May be an image of text
No photo description available.अहिले निर्देशनालयमा दुइ वटा मोटरसाईकल मात्रै प्रयोगमा छन् । त्यस्तै २ वटा जिप र १ मोटरसाईकल लिलाम गर्नुपर्ने हालतमा छन् ।
वि.सं. २०३९ सालमा हुलाक निर्देशनालयको स्थापना हुँदाका प्रथम निर्देशक देवी प्रसाद ओझा थिए भने हाल २१ औं निर्देशकको रुपमा सुरत बहादुर परियार जिम्मेवारीमा छन् ।May be an image of 1 person, hospital and text

हुलाक निर्देशनालयले सुदूरपश्चिम प्रदेश अन्तर्गतका ८ वटा जिल्ला हुलाक कार्यालय र डोटी जिल्लाका ईलाका हुलाक कार्यालय तथा अतिरिक्त हुलाक कार्यालयको अनुगमन तथा मूल्याकंन गर्ने, प्रदेशभरी डाँक ढुवानी गर्ने यातायात व्यवसायीहरुसँग सम्झौता गर्ने, हुलाक वस्तुहरु दर्ता, ढुवानी र डेलीभरी गर्ने, सेवाग्राहीको माग बमोजिम हुलाक टिकट बिक्री वितरण गर्ने, डोटी जिल्लाभित्र सञ्चालित ५०० वाट सम्मका एफ.एम. रेडीयोहरुको इजाजतपत्र, रेडीयो लाईसेन्स नविकरण गर्ने तथा प्रसारण तथा वितरण शुल्क बुझ्ने, प्रेस प्रतिनिधि प्रमाणपत्र, अनलाइन मिडीया नविकरण गर्ने, विज्ञापन बोर्डमार्फत उपलब्ध भएको लोक कल्याणकारी विज्ञापन प्रकाशन/प्रसारणवाफत रकम भुक्तानी गर्ने लगाएत काम गर्दै आएको छ ।

डोटीबाट साविकका क्षेत्रीय कार्यालय, निर्देशनालय, डिभिजन कार्यालयहरु एकपछि अर्काे गरी सारिदैं गए पनि जिल्लाभित्रका सरोकारवाला भने मौन रहेका छन् ।

 

Leave A Reply

Your email address will not be published.