जोरायलको नकुमा भीरबाट लडेर फ़ेरि अर्को महिलाको मृत्यु

3,047

असोज २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भीरबाट लडेर फ़ेरि एक महिलाको मृत्यु भएको छ ।
कैलालीको चौमालाबाट जोरायल गाउँपालिका ४ थलीस्थित घरमा दशै मान्न आउने क्रममा लडेर शुक्रबार बिहान पवित्रा पुन मगरको मृत्युु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
उनको श्रीमान, छोरी पनि सङ्गै रहेकोे भए पनि श्रीमान केही अगाडिको दुरीमा हिडिरहेको बेला पवित्राको लडेर मृत्यु भएको बुझिएको छ ।
उनको माइती घर जोरायल गाउँपालिका ४ सिराडबाट आफन्तहरू घटनास्थल गइरहेको समाचार श्रोतले जनाएको छ ।
घटना बारे अपुष्ट खबर सुन्नमा आए पनि वास्तविकता बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय विपिनगर इन्चार्ज प्रहरी इन्स्पेक्टर खेम बिक्रम केसीले बताएका छन् ।

नकु नजिकैको भीरबाट लडेर यही असोजको ४ गते मात्रै ३४ वर्षीया रोहिता बोहराको पनि भीरबाट लडेर मृत्यु भएको घटना सेलाउन नपाउदै फ़ेरि अर्को घटना दोहोरिएको हो ।

Leave A Reply

Your email address will not be published.