दशै मनाउन घर हिडेकी भावनाको भीरबाट लडेर मृत्यु (अपडेट सहित)

1,691

असोज २५, डोटी
डोटीको जोरायल गाउँपालिका-४ थलीकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
कैलालीको चौमालास्थित तराइको घरबाट जोरायल गाउँपालिका-४ थलीस्थित पहाडको घरमा दशै मान्न जाने क्रममा शुक्रबार बिहान साढे आठ बजेतिर ३७ वर्षीया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो । उनी आफ्नो श्रीमान प्रेम पुन मगर `पवित्र´ र छोरीछोरीसङ्गै दशैं मनाउन चौमालाबाट गाडी रिजर्भ गरेर पहाडको घर हिडेकी थिइन् ।
घटना हुँदाका बखत श्रीमान र छोरी केही दुरी अगाडि हिडिसकेको र छोरा पछाडी बिच बाटोमै आफन्त पर्ने सुरज रोक्काको घरमा रोकिएका थिए ।
आफ्नो दिदीले घर पुग्न नपाउदै लडेर मृत्युवरण गरेको मृतकका भाइ सबिन पुन मगरले जानकारी दिए ।
जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँभन्दा माथी उकालो चढ्ने क्रममा लडेर करीव ४० मिटर जति तल कच्ची सडकमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको घाटी र अनुहारमा चोट लागेको घटनास्थलमा रहेका उनका आफन्तहरुले जानकारी दिएका छन् ।

भावनाका परिवारले चौमालामा होटेल व्यवसाय पनि संचालन गर्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय विपिनगर इन्चार्ज प्रहरी निरीक्षक खेम बिक्रम केसीको कमान्डमा टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यही असोज-४ गते मात्रै सोही ठाउँमा हिडिरहेकै बेला लडेर जोरायल गाउँपालिका-४ नकुकी ३४ वर्षीया रोहिता बोहराको पनि मृत्यु भएको थियो।

Leave A Reply

Your email address will not be published.