भारतको प्रयागराज कुम्भ मेलामा भागदौड : मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

273

माघ १७, डोटी ।
भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा भागदौड हुँदा ३० जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन्। प्रहरी प्रशासनले घटनाको पुष्टि गरेको छ।
जनवरी १३ देखि सुरु भएको महाकुम्भ मेलामा अहिलेसम्म १५ करोड श्रद्धालु भक्तजनहरुले गङ्गा स्नान गरेको अनुमान गरिएको छ। हिजो माघ कृष्ण औँसीका अवसरमा अमृत स्नानका लागि १० करोडभन्दा धेरै श्रद्धालु भेला हुने अनुमान थियो। तर, अस्ति राति एकाएक भागदौड मच्चिएपछि स्थानीय प्रशासनले अमृत स्नान रद्द गरेको थियो।
कुम्भ मेलामा गएका परिवारका सदस्य र आफन्त हराउँदा प्रभावित भक्तजनले कुम्भ मेलाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएका छन् ।

Leave A Reply

Your email address will not be published.