दिपायल सिलगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिपायल एकेडमी प्रथम

736

माघ १७, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा दिपायल एकेडमी प्रथम भएको छ ।
दिपायलस्थित दिल्पेश्वर माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा राजपुरस्थित सहिद स्मृति माध्यमिक विद्यालय द्वितीय र सिलगढीस्थित भागरती एकेडेमी तृतीय स्थान ओगट्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु. ८ हजार सहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद रु. ५ हजार सहित ट्रफी र प्रमाणपत्र एवं तृतीय हुनेलाई नगद रु. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा जम्मा १३ वटा विद्यालय सहभागी भएको आयोजक विद्यालय दिल्पेश्वर माविका प्रधानाध्यापक दीर्घ बहादुर कठायतले जानकारी दिए ।
हाजिरी जवाफ प्रतियोगिता सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रोशन कठायतको सभाअध्यक्षता एवं दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख कलावती महर साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
दिल्पेश्वर माविले विभिन्न कार्यक्रम आयोजना गरि माघ १६ गतेदेखि २० गतेसम्म वार्षिकोत्सव मनाइरहेको छ ।
समापनको दिन माघ २० गते पुरस्कार वितरण, सम्मान कार्यक्रम, छात्रवृत्ति वितरण, स्थानीय मौलिक सस्कृती झल्किने रनपुतला, हुड्केउली प्रस्तुति सहित भव्य कार्यक्रम आयोजना गरिने दिल्पेश्वर माविका राम बहादुर भण्डारीले जानकारी दिए ।
उक्त मूल समारोहमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक लगाएत सरोकारवालाहरुमा सहभागिताका लागि वार्षिकोत्स संचालन मूल समारोह समिति संयोजक तथा सो विद्यालयका शिक्षक मनोहर माझीले सबैलाई आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.