डोटीको शिखरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

533

फाल्गुन २५, डोटी ।
डोटीमा माटोको ढिस्कोले पुरिएर आइतबार एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नं. ७ बयरकोट बस्ने दल बहादुर बलायरकी श्रीमती अन्दाजी ६० वर्षकी मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिदा उनको मृत्यु भएको जनाइएको छ ।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.