महिनावारी हुँदा सुरक्षित घरभित्र बस्न थालेपछि महिलाहरु सम्मानित

501

फाल्गुन २७, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ काफली गाउँका महिलाहरु महिनावारी भएको बेला सुरक्षित घरभित्र बस्न थालेपछि २८ जनालाई जोरायल गाउँपालिकाले सम्मान गरेको छ । महिनावारी भएको बेला घर बाहिर ढिकीको छाप्रोमा सुत्ने गरेकामा हाल सुरक्षित घरभित्र बस्न थालेपछि ब्लाङ्केट प्रदान गरी सम्मान गरिएको हो ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जुमना बोहरा, प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, वडा नं. ४ का वडा अध्यक्ष नन्दराज भट्ट लगाएत जनप्रतिधि र कर्मचारीहरुको टोली गाउँमै पुगेर सम्मान स्वरुप ब्लाङ्केट वितरण गरेको जोरायल गाउँपालिकाका रोजगार संयोजक डम्बर बोहराले जानकारी दिए ।May be an image of 2 people and text
जोरायल गाउँपालिकाले छाउपडी प्रथाको अन्त्यका लागि निरन्तर काम गर्दै आएको र यस अभियानमा सहयोग गरेकोमा महिलाहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । केहि ठाउँमा अझै पनि छाउपडीको समस्या रहेको देखिएकाले गाउँपालिकाले छिट्टै ति क्षेत्रमा पनि सुधार गर्ने गरी काम भैरहेको अध्यक्ष ओझाले बताए ।May be an image of 13 people and text
महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत काफली गाउँका २८ महिलाहरुलाई ब्लाङ्केट दिएर सम्मानित गरेको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताईन् । श्रोतका अनुसार उक्त काफली गाउँमा केहि परिवारका महिलाहरु महिनाबारी भएको बेला अँझै पनि घर बाहिर ढिकीको छाप्रोमा बस्ने गरेको बुझिएको छ ।
उता वडा नं. ६ को गाबर, बगिडा र डाँडागाउँ टोलका गरी १२१ जनालाई पनि केहि दिनभित्रै यसैगरी ब्लाङ्केट प्रदान गरी सम्मान गर्ने कार्यक्रम रहेको सो वडाका अध्यक्ष गणेश बोहराले जानकारी दिए ।
महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत वडा नं. ४ र ६ मा छाउपडी प्रथामुक्त टोल घोषणा तथा ब्लाङ्केट वितरण कार्यक्रम र वडा नं. १, २, ३ र ५ मा लागु औषध, न्यायिक समितिबारे जानकारी, महिला हिंसा, घरेलु हिंसा, बालविवाह, बहुविवाह न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भैरहेको उनले जानकारी दिईन् ।

May be an image of 10 people and Saqsaywaman
परम्परागत सामाजिक तथा धार्मिक मान्यता र सचेतना अभावका कारण जोरायल गाउँपालिकाभित्र वडा नं. ४ को नकु, वडा नं. २ को उल्जे, मेलखोला लगाएतका केहि गाउँमा अँझै पनि छाउपडी गोठ कायमै रहेका छन् ।

May be an image of 8 people and grass

May be an image of 6 people

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.