जोरायल ४ मा `प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता´ हुने

721

बैशाख १५, डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ मा “प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता” आयोजना हुने भएको छ । वडा नं. ४ को कार्यालयले यही वैशाख १८ र १९ गतेसम्म घण्टेश्वर माध्यमिक विद्यालय, कुँडीकोटको खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागेको सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.१८ हजार, द्वितीय पुरस्कार रु.१२ हजार, तृतीय पुरस्कार रु.८ हजार र सान्त्वना पुरस्कार रु.४ हजार प्रदान गरिने जनाइएको छ। यसका साथै विजयी टिम तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।
प्रतियोगितामा आयोजक वडा बाहेक जोरायल गाउँपालिकाका अरु वडाबाट १० जनासम्म खेलाडी रहेको एउटा टिम सहभागी गराईनेछ।
खेलाडीहरूको नामसहित सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य पेश गर्नु पर्नेछ भने सहभागी टिमहरूले यातायात, खाना तथा बसोबासको व्यवस्था आफ्नै गर्नुपर्ने सूचनामा उल्लेख छ।
खेलाडीहरूको उमेर र स्थायी बसोबास प्रमाणित गर्न जन्मदर्ता प्रमाणपत्र, नेपाली नागरिकता वा वडा कार्यालयबाट जारी सिफारिस अनिवार्य गरिएको छ भने टिम दर्ताका लागि बैशाख १७ गते ५ बजेसम्म समय तोकिएको छ।
खेल एफआईभिबी र नेपाल भलिबल संघको नियमानुसार खेलाइने जोरायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराज भट्टद्वारा जारी सूचनामा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.