बिच बाटोमा ट्रक बिग्रेपछि बुडर-जोरायल सडक खण्ड दिनभर अवरुद्ध

572

बैशाख १९, डोटी ।
डोटीको बुडर-जोरायल सडक खण्ड शुक्रबार दिनभर अवरुद्ध रहेको छ ।
जोरायलबाट धनगढीतर्फ जान लागेको रा १ ख २६४८ नम्बरको ट्रक बाँजिलेकदेखि तल उकालोमा बिच बाटोमा बिग्रेकाले बाटो अवरुद्ध भएको हो ।
दिउँसो करिब १ बजेतिर सडकमा ट्रक बिग्रेको र ट्रकको मुड्की नामक भाग टुटेको बताइएको छ ।
सडक नै अवरुद्ध भएपछि चारपाङ्ग्रे सवारी साधन बाटोमै रोकिनु परेको छ भने यात्रुलाई सास्ती भएको छ । तर दुई पाङ्ग्रे साधन भने जसोतसो आवतजावत भैरहेका छन् ।
सडक अवरुद्ध भएको बारे ढिलो गरि जानकारी पाइएको र जानकारी पाउने बित्तिकै जेसिबी पठाएर ट्र्याक नै फराकिलो बनाएर सडक खोल्ने काम भैरहेको जोरायल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए । यो समाचार तयार पार्दासम्म बाटो खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.