नेपालमा फेरी थपिए ९८० कोरोना संक्रमित, १८१४ जना डिस्चार्ज
भाद्र २१, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसका सङ्क्रमितको कूल सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ९ सय ८० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार ९ सय ४१ पुगेको छ ।
अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।