डोटीको जोरायलमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाइते

1,176

जेठ २५, डोटी ।
डोटीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका १ पोखरी डाँडामा धनगढीबाट गैरातर्फ आउँदै गरेको बा.प्र. ०१ ०३० च ६६०३ नं. को कार र विपरीत दिशातर्फ जाँदै गरेको लु ४० प २८१० नं. को मोटरसाइकल आइतबार दिउँसो करिब सवा १ बजेतिर एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परि घाइते हुनेमा अछामको मेल्लेख गाउँपालिका ३ ठाँटी बस्ने वर्ष २३ का मोटरसाइकल चालक प्रकाश साउँद र मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती बर्ष २२ की सन्ध्या साउँद रहेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रकाशको दुवै हात, खुट्टा र भित्री शरिरमा चोट रहेको र सन्ध्याको दुवै खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको जनाइएको छ ।
घाइतेको उपचारको लागी दुवै जनालाई धनगढी कैलालीतर्फ पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.