सिलगढीमा “अष्टसुगन्ध धुप” बनाउने तालिम शुरु
जेठ २९, डोटी ।
डोटीको सिलगढीमा “अष्टसुगन्ध धुप” बनाउने ५ दिने तालिम विहिबारदेखि शुरु भएको छ ।
दिपायल सिलगढी नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सहयोगी नेपाल डोटीले तालिम संचालन गरेको हो ।
स्थानीय महिलाहरूलाई आयआर्जनमूलक सीप सिकाएर स्वरोजगार एवं आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन लागिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले बताए । उनलेे भने-“एकातिर महिलाहरु सीप सिकेर स्वरोजगार बन्ने र अर्कोतिर स्वास्थलाई समेत हानी नगर्ने स्थानीय धुप उत्पादन हुनेछ ।”
नगरपालिकाको साविकको वडा नम्बर २ को टोलका महिलाहरूको मागमा आधारित रही उक्त तालिम दिन लागिएको मलासीले बताए ।
तालिमपछि महिलाहरुले उत्पादन गरेको धुपको बजारीकरणका लागि दिपायल सिलगढी नगरपालिकाले जिम्मा लिने नगरपालिकाका उद्यम विकास शाखा प्रमुख राज बहादुर खड्काले बताए ।
२२ जना महिला सहभागी तालीममा प्रशिक्षक प्रकाश बहादुर घलेले धुप बनाउने सीप दिने आयोजक संस्था सहयोगी नेपाल डोटीका अध्यक्ष रोजेन्द्र जोशीले जानकारी दिए ।