सिडिएफद्वारा रामपुर माविलाई शैक्षिक तथा खेल सामाग्री वितरण
जेठ २९, डोटी ।
डोटीमा क्रियाशील गैह्र सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले विहिबार जोरायल गाउँपालिका २ बुडरमा रहेकोे रामपुर माध्यमिक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत ५८ जना बहिरा अपाङ्ग बालबालिकाहरुलाई स्टेशनरीका सामाग्रीका साथै खेल सामग्री, भान्साका सामग्री, दराज र टेबलटेनिस लगाएत सामाग्री वितरण गरिएको उक्त विद्यालयले जनाएको छ ।
सिडिएफ नेपालका अध्यक्ष खडकराज शर्मा सहितको टोलीले सो विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवं जोरायल गाउँपालिका २ का वडा अध्यक्ष विर बहादुर दर्लामी, शिक्षक अभिभावक संघका अध्यक्ष रुद्र बहादुर ऐर लगाएतको उपस्थितिमा प्रधानाध्यापक पदमराज भट्टलाई हस्तान्तरण गरिएको हो । सामाग्री सहयोग गरेकोमा सिडिएफ नेपाललाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।