साउन १५ गते `खीर खाने दिन´को अवसरमा छहरा झरनामा भव्य लाइभ डेउडा हुँदै
साउन १४, डोटी ।
भोलि साउन १५ गते विहीबार `खीर खाने दिन´को अवसरमा जोरायल गाउँपालिका–२, छहरा झरनामा भव्य लाइभ डेउडा कार्यक्रम हुने भएको छ ।
देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटी शाखाको आयोजनामा नेपाली परम्परा अनुसार खीर खाने र सोही अवसर पारेर कार्यसमिति बैठक तथा बृहत लाइभ देउडा कार्यक्रम गर्न लागेको हो।
बिहान ८ बजेबाट कार्यसमितिको बैठक सुरु हुने र लगत्तै लाइभ डेउडा कार्यक्रम सञ्चाल्न हुने देउडा संस्कृति संरक्षण प्रतिष्ठान, डोटीका अध्यक्ष रोहित कुमार बोहराले जानकारी दिए ।
सुदूरपश्चिमको मौलिक कला र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको र कार्यक्रममा परम्परागत पहिरनमा सजिएर देउडा खेल एवं साँस्कृतिक प्रस्तुतिहरु रहने संस्थाका सचिव शान्ति महत जाग्रीले बताइन् । यस जमघटबाट सामाजिक मिलन समेत हुने उनलेे बताइन् ।
कार्यक्रमबाट धार्मिक एवं प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा रहेको छहरा झरनाको प्रचारप्रसारमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य एवं स्थानीय संस्कृति प्रेमी, कलाकार तथा समुदायका व्यक्तिहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा उपस्थित भइ देउडा संस्कृतिको संरक्षणमा योगदान दिन आयोजकले सबै सरोकारवालाहरुमा अनुरोध गरेको छ।