वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित
असोज १२, डोटी ।
नेपाल र वेष्ट इन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।
टेस्ट मान्यता प्राप्त देश वेष्ट इन्डिजलाई नेपालले पहिलो पटक हराएको हो। त्यतिमात्र नभएर २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराउन सफल भएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।
अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।
वेस्ट इन्डिजका लागि नवीन विदेशीले सर्वाधिक २२ रन बनाउँदै हिट विकेटको रुपमा पेभेलियन फर्किए। उनले २५ बलमा समान १ चौका र १ छक्का प्रहार गरे।
ओपनर ब्याटर अमिर जाङ्गो १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन बनाए। कप्तान अकिल होसेनले ८ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाउँदै क्याच भए।
वेस्ट इन्डिजले पावरप्लेमा २ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभर सकिँदा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो। १७ ओभरमा आएर ७ विकेटको क्षतीमा वेष्टइन्डिजले १०० रन पूरा गर्यो।
नेपालका लागि बलिङमा आज लेग सिपनर सन्दीप लामिछाने थिएनन्। बलिङ गरिरहँदा दोस्रो इनिङ्सको पाँचौं ओभर बलिङ गरिरहँदा उनी लडेका थिए। उनलाई लोअर ब्याकमा समस्या भएको देखिन्थ्यो। उनलाई केही बेर फिजियोथेरपिष्टले उपचार गरेपछि उनले पुनः बलिङ गर्दै ४.५ ओभरमा अगष्टेको विकेट लिएका थिए।
त्यसपछि भने नन्दनलाई मैदानमा देखिएन। उनी उपचारका लागि मैदानबाट बाहिरिँदा लोकेश बमले फिल्डिङ गरेका थिए। नेपालका लागि बलिङमा कुशल भुर्तेलले २ विकेट लिँदा नन्दन यादव, रोहित पौडेल, करण केसी,दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
ओपनरदेवय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किदा रोहित र कुशल मल्लले ५८ रनको साझेदारी गरेका थिए। कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए।
सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे। वेष्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए। (अन्नपूर्ण पोस्टबाट)