डोटीमा एक ट्राफिक प्रहरी मृत फेला

560

असोज १८, डोटी ।
डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्था भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार राती १२ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत गोपघाटमा सडकमा घोप्टाे परेको अवस्थामा मृत भेटिएका हुन् । उनको टाउँकोमा गम्भीर चाेट रहेको देखिएको छ ।।
बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया बारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको प्रहरीले जनाएको छ । उनी असोज ७ गते १८ दिनको बिदामा डोटी आएको जनाइएको छ ।
मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलको कमान्डमा प्रहरी टोली खटाइएको छ ।

हेर्नुस् भिडियोमा :

 

 

Leave A Reply

Your email address will not be published.