डोटीमा एक महिलाको बेवारिसे शव फेला

406

कार्तिक २५, डोटी ।
डोटीमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।
आदर्श गाउँपालिका वडा नं. ६ बबिना स्थित सेती नदि किनारमा बिहान ११:२५ बजेतिर बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।
अन्दाजी ५०/५२ वर्षकि देखिने महिलाको शव फेला परेको जानकारीपछि प्रहरी बरिष्ठ नायब निरिक्षक धनञ्जय कुमार मल्लको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएको बताइएको छ ।
नदि किनारमा उत्तानो अवस्थामा रहेको शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.