गजल : मेरा सुदुरपश्चिम !

828

– राम बहादुर पाली बोगटी (बिपी बोगटी)

पराईपन आफ्नै ठान्छन्  मेरा सुदुरपश्चिम ।
पाहुनालाई देउता मान्छन्  मेरा सुदुरपश्चिम ॥

मठ मन्दिर पाटी पौवा दर्शन गर्या पछी ।
अपी सैपाल खप्तड जान्छन्  मेरा सुदुरपश्चिम ॥

हुड्केउली छलिया सरयु भुवा भस्सो संगै ।
पाईला मिलाई देउडा नाच्छन्  मेरा सुदुरपश्चिम ॥

पलेउ फाँडो बटुका हुन्या चुकाउनीले हुन्या ।
सेलरोटी र माणा खान्छन्  मेरा सुदुरपश्चिम ॥

मेला जाँत वन गोठालो हाम्रा भेटने थली ।
मन मिल्याले सँगै लान्छन् मेरा सुदुरपश्चिम ॥

मन मिल्न्या कि मयालु हुन वैरी कि वैरी हुन ।
हान्नै परे शीरै हान्छन्  मेरा सुदुरपश्चिम ॥

पराईपन आफ्नै ठान्छन मेरा सुदुरपश्चिम ।
पाहुनालाई देउता मान्छन्  मेरा सुदुरपश्चिम ॥

(महेन्द्रनगर, कंचनपुर स्थायी घर भएका लेखक तथा सर्जक बोगटी राष्ट्रसेवक कर्मचारी पनि हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.