इंग्ल्याण्डसँगको अन्तिम टी – ट्वेन्टी क्रिकेटमा अष्ट्रेलियाको पाँच विकेटले जित

581

भाद्र २४, काठमाण्डौ ।

इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम ट्वेन्टी ट्वेन्टी क्रिकेट अष्ट्रेलियाले पाँच विकेटले जितेको छ ।

इंग्ल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेट गुमाएर तीन बल अघि नै भेटायो । उसका लागि एरोन फिन्च र मिचेल मार्सले समान ३९÷३९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

उसका जोनी ब्रेस्टोले सर्वाधिक ५५ रन बनाए । तीन खेलको श्रृंखला यसअघि नै इंग्ल्याण्डले जितिसकेको छ । इंग्ल्याण्ड र अष्ट्रेलियाबीच पर्सी शुक्रबारदेखि तीन खेलको एकदिवसीय श्रृंखला शुरु हुँदैछ ।

Leave A Reply

Your email address will not be published.