डोटी महोत्सव २०८२ फाल्गुन १ देखि १० सम्म, के -के छन् आकर्षणहरु ?

576

माघ ४, डोटी ।
डोटी महोत्सव २०८२ आगामी फाल्गुन १ देखि १० सम्म सञ्चालन हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघले दिपायलको प्रस्तावित बसपार्क सेती नदिको बगरमा महोत्सवको आयोजना गर्न लागेको हो ।
डोटीको कला, सँस्कृति र साहित्यको जगेर्ना एवं प्रवद्र्धन गर्ने, आर्थिक, औद्योगिक र पर्यटन सम्भावना, अवसर र चुनौतिबारे बहस छेडेर सरोकारवालाहरुको ध्यानाकर्षण गराउने, शिक्षा स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा भएका गतिविधीबारे जानकारी दिने महात्सवका उद्धेश्य रहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउँदले बताए ।
त्यस्तै गाउँघरमा लुकेका नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने तथा अग्रज कलाकारहरुको सम्मान गर्ने, युवाहरुमाझ उद्यमशिलता, आत्मनिर्भरता र रोजगारी सिर्जनाको भावना जागृत गराउने, डोटीलाई पर्यटन गन्तव्यका रुपमा स्थापित गरी रोजगारीका अवसरहरु सिर्जना गर्ने, आधुनिक कृषि औजार उपकरणहरुलाई प्रदर्शन गरी कृषकहरुलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने लगाएत महोत्सवका उद्धेश्य रहेको अध्यक्ष साउँदले बताए ।
के-के छन् महोत्सवमा आकर्षणहरु ?
डोटी महोत्सवका मूख्य आकर्षणहरुमा गायन विधाको डोटी आइडल प्रतियोगिता, कृषि मेला एवं घरेलु उत्पादनहरुको प्रदर्शनी, समसामयिक विचार विमर्श गोष्ठी, लोक साँस्कृतिक झाँकी प्रदर्शनी, जिल्ला स्तरीय वक्तृत्वकला, प्रतियोगिता सञ्चालन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जनाईएको छ ।

May be an image of text that says 'महोत्सवका प्रमख आकर्षणहरू डोटी आइडल प्रतियोगिता कृषि मेला एवम घरेलु उत्पादनहरुको प्रदर्शनी डोटीसंग सम्बन्धीत समसामयिक सवालहरूमा सेमिनार. अनतरक्रिया एवम बिचार बिमर्श गोष्टी लोक संस्कृति एवम झाँकीहरुको प्रस्तुती जिल्ला स्तरीय बक्तित्वकला प्रतियोगिता स्थानीय उत्पादन र हस्तकलाको प्रत्यक्ष बिक्री एवम प्रवरद्धन। फूड फेस्टिवल: डोटीका मौलिक परिकार र राष्ट्रिय खानाको स्वाद एके स्थानमा स्थानीय एवम राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साँगीतिक एवम सांस्कृतिक प्रस्तुती। युवाहरुमुखी नवप्रवर्तन मेला (Innovation & Start-up Zone) परिवार मैत्री मनोरत्नन कार्यक्रम र बाल खेल क्षेत्र। पर्यटन तथा लगानी प्रोत्साहन बूथहरु. प्रदेशका पर्यटन स्थलहरुको प्रदर्शन I' त्यस्तै स्थानीय उत्पादन र हस्तकलाको प्रत्यक्ष विक्रि एवं प्रवर्धन, डोटीका मौलिक परिकार र राष्ट्रिय खाना सहितको फुड फेस्टिभल, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती, युवामुखी नवप्रवर्तन मेला, परिवारमैत्री र बाल उद्यान क्षेत्र, पर्यटन तथा लगानी प्रोत्साहन बुथहरु, प्रदेशका पर्यटन स्थलहरुको प्रदर्शनी, सेती नदिमा मोटर बोट तथा र्याफ्टिङ्ग सञ्चालन गरिने जनाईएको छ ।

यसपटकको महोत्सवमा सबैभन्दा महत्वका साथ डोटी आइडललाई हेरिएको छ ।
यस्तो छ डोटी आइडलको जिङ्गल –

महोत्सवमा १ सयभन्दा बढी स्टल राखिने र ६० हजार बढी दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै ८५ लाख बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजक सँस्थाको छ ।
महोत्सवलाई व्यवस्थित गर्न विभिन्न उपसमिति सहित कार्यविभाजन भैसकेको डोटी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रेम भण्डारीले बताए।
पत्रकार सम्मेलनमार्फत डोटी महोत्सव र डोटी आइडलको जिङ्गल समेत सार्वजनिक गरिएको छ ।
होटल रिभर साइड दिपायलमा आइतबार आयोजित पत्रकार सम्मेलनको सञ्चालन वाणिज्य संघका कोषाध्यक्ष आइजङ्ग कुँवरले गरेका थिए भने सहभागि पत्रकारहरुले विभिन्न विषयमा जिज्ञासा तथा सुझावहरु र सहयोगको प्रतिवद्धता समेत जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.