बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बम

254

माघ १०, डोटी । 

डोटीको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा उपेन्द्र बमलाई नियुक्त गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको माघ ४ गतेको निर्णय अनुसार डोटीको बोगटान फुड्सिल गाउँपालिका – २ केदारअखडाका बमलाई अध्यक्ष पदमा चार वर्षका लागि नियुक्त गरिएको हो।

बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति ( गठन) आदेश, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

डोटी सङ्गै अन्य विभिन्न जिल्ला तथा भारतीय पर्यटकहरुको घुइँचो लाग्ने बडिकेदार क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा समितिले महत्वपूर्ण भुमिका खेल्ने मन्त्रालयले अपेक्षा गरेको छ।

अध्यक्ष बम नेकपा एमाले सम्बद्ध युवा हुन् ।

Leave A Reply

Your email address will not be published.