सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा लीला भण्डारी विजयी
माघ ११, डोटी ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा आइतबार भएको निर्वाचनमा नेकपा एमालेका लीला कुमारी भण्डारी विजयी भएकी छन् ।
भण्डारीले महिला सदस्यतर्फ ३ हजार ९ सय ९४ मतभार प्राप्त गरेर भण्डारी विजयी भएकी छन्। उनको प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका राेजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरेकी छन् ।
खुल्ला तर्फको मतगणना जारी रहेको छ । खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिस्पर्धा भएको छ । कांग्रेस-एमाले गठबन्धनका कारण खातीको पनि जित निश्चित देखिन्छ ।