सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेका लीला भण्डारी र काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित

229

माघ ११, डोटी ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिलातर्फ ३ हजार ९८४ मत प्राप्त गरेर भण्डारी विजयी भएकी हुन्।उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका राेजी बस्नेतले १ हजार ६ सय ७६ मत मात्रै प्राप्त गरिन् ।यसैगरी, अन्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् । उनले ३ हजार ९ सय ६९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार टिकाराम जैशीले १ हजार ८०५ मत मात्रै पाएका छन् ।निर्वाचनमा प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष बरावर १९ मतभार थियो ।

यस पटकको ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरि २ सय २० जनाले मतदान गरेका थिए । जम्मा मतदाता संख्या २ सय २४ रहेकोमा ४ मत भने खसेन।

मतदान नगर्नेमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिका उपाध्यक्ष  रेखा कठरियाले रहेका छन् ।

महिला तर्फ एक जना र अन्यमा एक जना गरि दुई सदस्यका लागि भएको निर्वाचनमा ४ उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचनमा नेपाली कांग्रेस र एमालेबिच गठबन्धन रहेको थियो।

Leave A Reply

Your email address will not be published.