बुबाको स्मृतिमा शिक्षक राधिका भण्डारीले गरिन छपाली माविलाई डिजे दान

570

प्रेम नेपाली/फाल्गुन १५, डोटी ।
डोटीमा एक महिला शिक्षकले विद्यालयलाई साउण्ड सिस्टम (डिजे) दान हस्तान्तरण गरेकी छन् ।
सायल गाउँपालिका वडा नम्बर १ को छपाली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राधिका भण्डारी (बोहरा) ले एक कार्यक्रमका बीच सो विद्यालयलाई प्रदान गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र रोकायाले बताए ।
विद्यालयलाई शैक्षिक लगाएत सामाजिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस भन्ने उद्देश्यले डिजे प्रदान गरेको शिक्षक भण्डारीले बताइन ।
विद्यालयलाई विभिन्न खालका अतिरिक्त क्रियाकलापहरु संचालन गर्न अप्ठ्यारो भैरहेको बेला शिक्षक भण्डारीले प्रदान गरेको साउण्ड सिस्टमले विद्यालयलाई ठूलो सहयोग पुगेको विद्यालय परिवारले जनाएको छ ।
शिक्षक भण्डारीलाई विद्यालयको तर्फबाट सधन्यवाद सम्मान-पत्र, मायाको चिनो र दोसल्ला ओडाएर सम्मान गरिएको प्रधानाध्यापक सन्तराम चौधरीले बताए ।
कार्यक्रममा बोल्दै सो वडाका वडा अध्यक्ष लाल बहादुर रोकायाले विद्यालयको चौतर्फी विकासको लागी हरेक व्यक्तिबाट यस्ता खाले सहयोग आवश्यक रहेकोे बताए ।

Leave A Reply

Your email address will not be published.