डोटीमा ४०.९ प्रतिशत मत खस्यो

280

फाल्गुन २१, डोटी ।
विहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा ४०.९ प्रतिशत मत खसेको छ ।
जम्मा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोे डोटीमा ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष गरि ५२ हजार ४८५ जनाले मतदान छन् ।
यो विवरण प्रहरी सञ्चार सेटबाट प्राप्त तथ्यांक रहेको नजर अनलाइनलाई श्रोतले जनाएको छ ।
नेटवर्क समस्याका कारण निर्वाचन आयोगको फर्म्याटमा आधिकारिक रूपमा विवरण प्राप्त हुन नसकेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक सार्वजनिक भने गरेको छैन ।

 

Leave A Reply

Your email address will not be published.