ओसिएमसी व्यवस्थापक सिंहद्वारा बाल सुधार गृह र सुरक्षित आवास गृहमा फलफूल वितरण

292

फाल्गुन २९, डोटी ।
जिल्ला अस्पताल डोटीमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा मामला व्यवस्थापक पदमा कार्यरत जानकी सिंहले शुक्रबार सिलगढी स्थित बाल सुधार गृह र सुरक्षित आवास गृहमा फलफूल वितरण गरेकी छन् ।
सिंहले आफ्नो जन्मदिनको अवसर पारेर बाल सुधार गृह र सुरक्षित आवास गृहमा रहेका ५० जनालाई फलफूल वितरण वितरण गरेकी हुन् ।
जन्मदिनको अवसरमा अन्य फजुल खर्च गरेर मनाउनुभन्दा बाल सुधार गृह र सुरक्षित आवास गृहमा फलफूल वितरण गरेर मनाउन पाउँदा उनले खुशी व्यक्त गरिन् ।May be an image of one or more people
वि.सं. २०५२ साल फाल्गुन २९ गते हालको धनगढी उपमहानगरपालिका १५ कैलालीमा बुबा देवबहादुर सिंह र आमा मथुरा देवी सिंहको कोखबाट सिंहको जन्म भएको थियो ।
हाल धनगढी उपमहानगरपालिका ६ कैलाली निवासी सिंह जिल्ला अस्पताल डोटीमा डेढ वर्षभन्दा लामो समयदेखि सेवारत छन् ।

Leave A Reply

Your email address will not be published.