आदरणीय केपी बा, २०८२ तपाईंको लागि सुखद रहेन…

367

– अमन भाट (इन्द्र)

म २०६२ सालमा हाल तपाईं अध्यक्ष रहेको पार्टी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको डोटी जिल्ला अध्यक्ष थिएँ । मेरो विद्यार्थी राजनीतिकै शिलशिलामा तपाईंसँग पहिलो चोटी कैलालीको धनगढीमा भेट हुँदाको याद आईरहेको छ । वि.सं.२०६५ सालमा तपाईंले म र अनेरास्ववियुका तत्कालीन नेता हेमन्त रेग्मीलाई आफ्नै गाडीमा बोकेर घण्टौंसम्म यात्रा गर्ने क्रममा आफुले जीवनमा भोगेका यातनाका अनुभव हामीलाई सुनाएको हिजो जस्तै लाग्छ ।
पछिल्लो समय मेरो व्यक्तिगत कारणले म नेपाल बाहिरको बसाईमा छु । तथापी तपाईंसँग सन् २०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा अमेरिकाको न्युयोर्क आएको बेला भएको भेटमा पूराना कुराहरु ताजा गर्ने गरी भलाकुसारी गर्ने अवसर पनि जुरेको थियो ।No photo description available.

हाम्रो देश नेपालमा पछिल्लो राजनीतिक घटनाक्रमले विश्वको ध्यान खिचेको छ । २०८२ सालको भदौ २३ र २४ को जेन-जी आन्दोलनको घटनाले निकै राजनीतिक उतारचढाव ल्याइदिएको छ । आन्दोलनका क्रममा श्रद्धेय अध्यक्ष एवं सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूकी धर्मपत्नी आदरणीय राधिका शाक्यले ३० वर्ष जागिर गरेर बनाएको घर जलाइएको मैले आम सञ्चार माध्यम र सामाजिक सञ्जालबाट जानकारी पाएको थिएँ । एक जननिर्वाचित प्रधानमन्त्रीलाई लखेटेर भगाईएको थाहा पाएको थिएँ । यसै बिचमा राजनीतिक घटनाक्रम सँगै जननिर्वाचित प्रतिनिधीहरुको साझा थलो प्रतिनिधी सभा भङ्ग गरियो र बिचैमा २०८२ फाल्गुन २१ मा निर्वाचन समेत भएर तपाईको प्रतिकुलमा निर्वाचनको परिणाम आएको बारेमा पनि पूर्ण जानकार छु ।

यहि विषम परिस्थितीमा अर्को बज्रपात आज फाल्गुन २९ गतेको दिनमा तपाईले खेप्नुपरेको छ । उमेरले ९७ वर्षको पाको भए पनि जन्मदिने बुबालाई यहि कठीन समयमा र यही कठीन वर्षमा गुमाउनु भएको छ । बुबाको स्वर्गमा बास होस् । शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
आदरणीय केपी बा, जिउँदै छँदा सबैभन्दा बढि श्रद्धाञ्जली पाउने नेता सायद तपाईं नै हुनुहुन्छ होला जस्तो लाग्छ मलाइ । त्यसैले थोरै नलेखि बस्न सकिएन ।
तपाईंलाइ पहिलो चोटी २०६२ सालमा धनगढिमा भेटेको बेला तपाइले भन्नुभएको कुरा आजसम्म ताजै छ, “हेर बाबु राजनीति देखिए जस्तो सजिलो छैन र हुदैन पनि । तपाइले बहुतै राम्रो काम गर्दा पनि जेल बस्नुपर्ने हुन सक्छ । धन दौलत कमाउने, मोज मस्तिको सौखिन हो भने झन राजनिती गर्दै नगर्दा हुन्छ । म जोगी भएर पनि मेरो जीवन देशका लागि हो, म जस्तोसुकै परिस्थितीको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने सोच हो भने राजनितीमा अगाडि बढ । नत्र यो २० वर्षको लक्का जवानि खेर फाल्नु हुदैन । राम्रो पढ । विचारको समर्थन अन्तैबाट पनि गर्न सकिन्छ ।” तपाईंले मलाइ भनेका यि हरफले हो म तपाईंको डाइ हार्ट फ्यान भएको ।

त्यसपछि म पढ्नको लागि काठमाण्डौ पुगे । त्यसपछि जीवनयापनको दौरानमा म अमेरिका आएँ । त्यपछि तपाईंसंग २, ३ चोटि सामान्य भेट भएको छ । यसबिचमा तपाईं प्रधानमन्त्री पनि हुनभयो । मेरो आस्थाको पार्टी नेकपा एमाले र तपाईं सरकारमा हुँदा मैले कहिल्यै पनि एमाले पार्टी र एमालेका नेताबाट १ रुपैयाँ वा कुनै पनि खालको सहयोग मैले र मेरो परिवारले लिएका छैनौं । तर तपाईंलाई सबैभन्दा बढि भ्रष्ट भनेर लगाएको आरोपबाट तपाईंले कि मुक्ति पाउनुपर्छ, कि सजाय पाउनुपर्छ भन्ने मेरो मान्यतामा भने म अडिग छु र रहनेछु ।
अब अर्को कुरा गरौं । प्रिय बालेन जि, तपाइसंग मेरो एउटै अनुरोध छ कि तपाइहरुले जुन मुद्दा उठायर चुनाव जित्नु भएको छ नि, त्यस मध्येका गिरीबन्धु लगायतका छानविन पहिला गरेर किन्तु परन्तु नभनि दोषि भए जेल र निर्दोष भए सफाइ दिनुभयो भने त्यस दिन तपाईंलाई म सलाम गर्नेछु । जहाँसम्म मेरो अल्पज्ञानले देखेको र अनुभवका आधारमा हत्यारा न भन्न मिल्छ, न हो । किन भने law and order अनि chain of command बुझेको संसारको कुनै पनि माइकालालले कार्यकारीलाई दोषी प्रमाणित गर्न सक्दैन । किनकी जेन्जी आन्दोलन न पहिलो हो, न अन्तिम । मेरो व्यक्तिगत नाममा भएको सम्पत्ति समेत मेरो मृत्युपछि राज्यको हुनेछ भनेर दान गरिसकेको ब्यक्ति केपी शर्मा ओलीले भ्रष्टाचार  गर्यो होला भनेर मेरो मन्दबुद्धिले विश्वास गर्नै सकेन । पछिल्ला दश वर्षमा केपी ओली ५ वर्ष प्रधानमन्त्री हुँदा भएका चिन संगको पारवाहन सम्झौता, जारी गरिएको नेपालको चुच्चे नक्सा, नागढुंगा सुरुङमार्ग, तराइ–मधेस द्रुतमार्ग लगाएत १०० पेजमा नअट्ने कामहरु हुँदा पनि केपी ओलीलाई यति बदनाम गरेर किन लखेटियो ? त्यो त समयले बताउने नै छ । अरु मान्छेलाई जे सुकै लागे पनि तपाईं यस्ता अफवाह, भ्रम, हार–जित, मृत्युलाई सहज रुपमा लिनुहुन्छ भन्ने कुरा दुनियाँलाइ थाहा नै छ । समय घुमिरहन्छ । अरु जे सुकै भए पनि २०५० सालभन्दा पछि जन्मेको पुस्ता तपाई लगायत काङ्ग्रेस नेता शेर बहादुर देउवाले प्रजातन्त्रका लागि गरेका जेल जीवन सहितका योगदान बुझ्न त के सुन्न पनि चाहदैनन् । त्यसकारण तपाईंले देशको लागि दिनसक्ने कुरा देशलाईं दिइसक्नु भयो । अब राजिनामा गरेर आराम गरेर बस्न पनि अनुरोध गर्छु । हो पार्टी यसरि सर्मनाक हारेको बेला किन छोडेर भाग्ने ? भन्ने लागेता पनि राजनितीलाई युद्धसँग तुलना नगरि आराम गर्नुस भन्न चाहान्छु । म लगाएत हामी तमाम दाजुभाई दिदीबहिनीहरु तपाईंले देखाएका सत्मार्गमा विदेशी भूमिमा समेत प्रवासी नेपाली मञ्चमा गोलबद्ध भएर लागिरहेका छौं र लागिरहने छौं ।

उहि तपाईंको शुभचिन्तक
– अमन भाट (इन्द्र)
पुर्ख्यौली घर शिखर नगरपालिका – ६, डोटी
हाल : भर्जिनिया, अमेरिका

Leave A Reply

Your email address will not be published.