डोटीको बोगटान फुड्सिल गाउँपालिकाद्वारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्रि सहयोग

382

भाद्र २५, डोटी ।

डोटीको बोगटान बोगटान फुडसिल गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय डोटी र शशस्त्र प्रहरी बल ३६ नं. गण डोटीलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग प्रदान गरेको छ ।
कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तीमा रहेर काम गरिरहेका नेपाल प्रहरी, शशस्त्र प्रहरी र पत्रकारहरुलाई विहीबार सो गाउँपालिका अध्यक्ष कमल गड्सिला र उपाध्यक्ष भगवती बमले स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक कर्ण बहादुर बोहरालाई १ हजार पिस मास्क तथा १० बोत्तल स्यानीटाइजर र शशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक हर्क बहादुर शाहीलाई पनि १ हजार पिस मास्क तथा १० बोत्तल स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।

Image may contain: one or more people, people standing and beard
यस्तै कोरोना महामारीको जोखिममा पनि अग्रपंक्तिमै रहेर रिपोर्टिङ्ग गर्दै जनतालाई सूचना प्रवाह गर्ने पत्रकारहरुलाई प्रेस संगठन डोटीमार्फत ५ सय थान मास्क प्रदान गरिएको छ ।

Image may contain: one or more people and people standing
दशैं तिहारको समयमा हुने चलहपहल र संभावित कोरोना जोखिम कम गर्न अबको केहि दिनभित्रै गाउँपालिका ७ वटै वडाहरुमा स्वास्थ्य सामाग्रीहरु वितरण गरिने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गड्सिलालो जानकारी दिए ।
अन्य निकायहरुलाई विभिन्न ठाउँबाट सहयोग पाईएको भए पनि शशस्त्र प्रहरीलाई भने पहिलो पटक स्थानीय तहबाट सहयोग प्राप्त भएको जनाईएको छ ।
राष्ट्र र जनताको सुरक्षार्थ खटिने प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा दुवै प्रहरी कार्यालयको तर्फबाट बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित गाउँपालिका परिवारलाई विशेष धन्यवाद दिएका छन् ।

Leave A Reply

Your email address will not be published.