डोटीको शिखरमा जंगली जनावरले किसानलाई सास्ती

505

नरेश बोगटी
भाद्र २९, डोटी ।

डोटीको शिखर नगरपालिका ३ मा बदेलले कोदो र धानबाली नष्ट गर्न थालेपछि किसानहरु खेतमा गएर रात काट्न बाध्य भएका छन् । उक्त वडाको आली अन्तर्गत पर्ने मटेला खेतमा जंगली जनावरले धान र कोदोबाली नष्ट गर्न थालेपछि किसानहरु राति खेतमा पहरा बनाएर बस्न बाध्य बनेका हुन् ।
किसानहरुले महिनौं मेहनत गरी लगाएको तथा गोडमेल गरेको अन्नबाली जंगली जनावरहरु बँदेल, बाँदर र लंगुर लगायत अन्य जंगली जनावरले नष्ट गर्न थालेपछि आफुलगायत गाउँबासी चिन्तित रहेको स्थानीय किसान खगेन्द्र बहादुर बोगटीले बताए।
त्यस्तै शिखर नगरपालिका–२ मा पर्ने मुडेगाउँ, कारीगाउँ र वडा नं. ३ मा पर्ने अतुराली र खुडखुडा गाउँका अधिकांश किसानहरुले मटेलाझ खेतमा दिउँसो बाँदर र राति बँदेल लगायत अन्य जनावरको बथानले धानको बाली नष्ट गर्ने आतंक सहनुपरेको छ । कतिखेर जंगली जनावर आएर बाली नष्ट गर्ने हो भनेर आफुहरु धानबाली जोगाउन राति समुह बनाएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर राति समुहमा बस्नुका साथै थाल, डिब्बा र कोलाहल मच्चाएर बदेललाई धपाउने गरेको अर्का स्थानीय लोकेन्द्रबहादुर बोगटीले बताए।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा अधिकांश युवाहरू गाउमै भित्र्यीएका छन । महिनौं मेहनत गरेर हुर्काएको धानबाली जंगली जनावर बदेलले नष्ट पारीदिन्छ । बर्षौदेखि यो समस्या हामी भोक्दैआएका छौ । न बदेललाई मार्न मिल्छ न सरकारद्वारा हामी किसानलाई कुनै राहत उपलब्ध छ । मेहनत गरेर हुर्काएको बालीलाई यसरी जंगली जनावरले नष्ट पारीदिदा भोकमरी आउने गरेको अर्का स्थानीय भरत बहादुर बोगटीले गुनासो पोखेका छन् ।

Leave A Reply

Your email address will not be published.