सुदूरपश्चिममा नेकपाका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

241

भाद्र ५, डोटी ।
सुदूरपश्चिम प्रदेशमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्रीलाई र मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री भट्टले आजै नेकपाका तर्फबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए।
रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
गत २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिसकेका छन्।
एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन्।
आज पाँच जना नयाँ मन्त्री तथा राज्यमन्त्रीले शपथ लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

Leave A Reply

Your email address will not be published.