डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा लाल कठायत (हेमन्त) को उम्मेदवारी, १० बुँदे प्रतिबद्धता सार्वजनिक

345

भाद्र १९, ​डोटी।
डोटी उद्योग वाणिज्य संघको यही भदौ २५ गते हुने अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवासायी लाल बहादुर कठायत (हेमन्त) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“हाम्रालाई हैन राम्रालाई रोजौँ” भन्ने नाराका साथ उम्मेदवारी सार्वजनिक गरेका कठायतले डोटीको व्यावसायिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि १० बुँदे मुख्य कार्ययोजना सहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।

डोटीको उद्योग वाणिज्य संघको वर्तमान सचीव समेत रहेका कठायतले सशक्त व्यवसाय र समृद्ध डोटी निर्माणको प्रतिबद्धता जनाउँदै व्यवसायीको हकहित संरक्षण, व्यवस्थित तथा व्यवसायमैत्री बजार, र नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेका छन्।

यस्ता छन् कठायतका मुख्य प्रतिबद्धता :

  • ​व्यवसायीको हकहित संरक्षण: व्यवसायीका समस्या, गुनासो र अधिकारका विषयमा सम्बन्धित निकायसँग प्रभावकारी पहल गर्ने।
  • ​व्यवस्थित र व्यवसायमैत्री बजार: बजार व्यवस्थापन, पार्किङ, सरसफाइ र सुरक्षा सुधारका लागि स्थानीय तहसँग समन्वय गर्ने।
  • ​नयाँ उद्यमीलाई प्रोत्साहन: युवा तथा नयाँ व्यवसायीलाई दर्ता, योजना निर्माण र बजार पहुँचमा सहजीकरण गर्ने।
  • ​स्थानीय उत्पादनको बजारीकरण: कृषि, जडीबुटी, हस्तकला तथा घरेलु उत्पादनको ब्राण्डिङ र बजारीकरण गर्ने।
  • ​व्यवसायिक सीप र प्रविधि: लेखा, डिजिटल कारोबार, मार्केटिङ र करसम्बन्धी तालिम सञ्चालन गर्ने।
  • ​लगानी भित्र्याउने पहल: डोटीमा उद्योग तथा व्यवसाय स्थापना गर्न चाहने लगानीकर्तालाई आवश्यक सहयोग गर्ने।
  • ​पर्यटन र व्यापारको विकास: धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रलाई व्यापारसँग जोड्ने।
  • ​व्यवसायीबीच एकता र सहकार्य: साना-ठूला सबै व्यवसायीलाई समान सम्मान र अवसर दिँदै संघलाई साझा आवाज बनाउने।
  • ​पारदर्शी र जवाफदेही संघ: संघका निर्णय, कार्यक्रम तथा आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्ने।
  • ​”समृद्ध डोटी” आर्थिक अभियान: उद्योग, व्यापार, कृषि र पर्यटनलाई जोडेर दीर्घकालीन आर्थिक अभियान चलाउने ।

अधिवेशनमा आफ्नो सशक्त दावी रहेको बताउँदै कठायतले आफुलाई मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन समस्त डोटीका व्यापार व्यवसायीहरूलाई अपिल गरेका छन्। उनलेे भने-“निर्वाचनमा संघर्ष गर्ने हो, कुनै हालतमा ब्याक भइदैन ।”
सरल स्वभावका कठायत युवाहरू माझ लोकप्रिय मानिन्छन् ।
डोटीको उद्योग वाणिज्य संघको अध्यक्ष पदको लागि पूर्व महासचिव दीपक खड्काले यसभन्दा पहिले नै उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।
श्रोतका अनुसार संघका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर भण्डारी, संघका पुर्व अध्यक्ष विरेन्द्र शाह, वर्तमान कोषाध्यक्ष आईजङ्ग कुँवर लगाएतको आकाङ्क्षा रहेकोेले कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
संघले हिजो भाद्र १८ गतेसम्म तोकेको समयसीमाभित्र वितरण भएको नयाँ सदस्यता र नविकरण भएको सदस्यताको संख्या कूल १ हजार ५९ जना सदस्य रहेकोे बताइएको छ ।
संस्थाको २२ औं साधारणसभा तथा अधिवेशन भाद्र २५ गते बिहान ९ बजेका लागि दिपायल स्थित होटल रिभरसाइडमा तोकिएको छ ।

 

Leave A Reply

Your email address will not be published.