प्रेस युनियन डोटीको अध्यक्षमा महरा नेतृत्वको टिम सर्वसम्मत चयन

507

भाद्र २१, डोटी ।

नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको नवौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनबाट केशव चन्द्र महरा (पवन)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

शनिबार र आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा केशव चन्द्र महरा (पवन), उपाध्यक्षमा विक्रम बहादुर खड्का र प्रेमा कुमारी धामी (प्रतीक्षा), सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा राज पार्की र कोषाध्यक्षमा एकेन्द्र चन्द चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा इन्द्र शाही, टेकबहादुर चन्द, लाली खड्का, महेश ओझा, दिनेश जोशी, कृष्ण मलासी, लक्ष्मी वि.क., संगीता वि.क. र रमेश मगर चयन भएका छन्।

Leave A Reply

Your email address will not be published.